क्रिकेट

रोमाञ्चक खेलमा आयरल्यान्डविरुद्ध भारत ४ रनले विजयी

इकागज |
असार १५, २०७९ बुधबार १०:२७ बजे

काठमाडौँ – रोमाञ्चक बनेको दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा भारतले घरेलु टोली आयरल्यान्डलाई ४ रनले पराजित गरेको छ । जितसँगै भारतले दुई खेलको सिरिज २-० ले जितेको छ ।

डबलिनमा मंगलबार राति भएको खेलमा २ सय २६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २१ रनमात्र जोड्न सक्यो ।


जितका लागि अन्तिम ओभरमा आयरल्यान्डलाई १७ रनको आवश्यकता भएपनि १२ रन मात्र जोड्न सक्यो । आयरल्यान्डका लागि एन्डी बालबिर्नीले ३७ बलमा ३ चौका र ७ छक्काको मदतमा सर्वाधिक ६० रनको योगदान गरे । पल स्टिरलिङले १८ बलमा ४० रन जोड्दा ५ चौका र ३ छक्का हिर्काए ।

भारतका लागि भुवनेश्वर कुमार, हार्दिक पाण्डया, रवी विस्नोइ र उमरान मलिकले समान १-१ विकेट हात पारे ।

यसअघि टस जितर ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय २५ रनको योगफल तयार पार्‍यो । भारतका लागि दिपक हुड्डाले ५७ बलमा १ सय ४ रनको योगदान गर्दा ९ चौका र ६ छक्का प्रहार गरे । सन्जु सामसनले ४२ बलमा ९ चौका र ४ छक्काको मदतमा ७७ रन जोडे ।

आयरल्यान्डका लागि मार्क अडायरले सर्वाधिक ३ तथा जोश लिटल र क्रेग योंगले समान २-२ विकेट हात पारे ।


Author

थप समाचार
x