क्रिकेट

दिपेन्द्रको अलराउन्डरतर्फको वरीयता यथावत

इकागज |
असार १५, २०७९ बुधवार १४:३२ बजे

काठमाडौँ – दिपेन्द्र सिंह ऐरीको आईसीसी टी-ट्वान्टी अलराउन्डरतर्फको वरीयता यथावत रहेको छ । आईसीसीको पछिल्लो वरीयताक्रम अनुसार दिपेन्द्र नवौँ स्थानमा यथावत रहेका हुन् । उनको यो अहिलेसम्मकै सबैभन्दा उच्च वरीयता हो । 

ब्याटिङतर्फ भने दिपेन्द्र ४२ औँ स्थानमा यथावत छन् । ब्याटिङतर्फ नै कुशल भुर्तेल ३८ औँ स्थानमा यथावत रहदा आशिफ शेख ९८ औँ स्थानमा यथावत छन् । 


बलिङतर्फ कप्तान सन्दीप लामिछाने ४० औँ स्थानमा यथावत छन् भने अविनाश बोहरा एक स्थान तल ९३ औँ स्थानमा झरेका छन् । 
 


Author

थप समाचार
x