क्रिकेट

नेपालले क्यानाडाको ओन्टारियोविरुद्ध टी-ट्वान्टी अभ्यास खेल खेल्दै

इकागज |
असार १९, २०७९ आइतवार १०:२५ बजे

काठमाडौँ - क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज स्थानीय क्लब ओन्टारियोविरुद्ध टी-ट्वान्टी अभ्यास खेल खेल्दैछ । नेपाल र ओन्टारियोबीचको खेल नेपाली समय अनुसार राति ७:१५ बजेबाट सुरु हुनेछ ।

यसअघि नेपालले शुक्रबार राति ओन्टारियोविरुद्ध नै एकदिवसीय अभ्यास खेल खेलेको थियो । जसमा नेपाल ६९ रनले विजयी भएको थियो । 


क्यानडाविरुद्धको दुई खेलको एकदिवसीय सिरिज अघि नेपालले अभ्यास खेल खेल्दैछ । क्रिकेट क्यानाडाले जनाए अनुसार नेपाल र क्यानडाबीच पहिलो खेल जुलाई ५ र दोस्रो खेल जुलाई ६ मा हुनेछ ।

स्कटल्यान्डमा हुने आईसीसी पुरुष विश्वकप लिग-२अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली टोली क्यानाडा भ्रमणमा रहेको छ । स्कटल्यान्डमा नेपालले घरेलु टोली स्कटल्यान्ड र नामिवियाविरुद्ध एकदिवसीय सिरिज खेल्नेछ । 

सिरिज अन्तर्गत नेपालले पहिलो खेल नामिवियाविरुद्ध जुलाई ११, दोस्रो खेल स्कटल्यान्डविरुद्ध जुलाई १३, तेस्रो खेल नामिवियाविरुद्ध जुलाई १६ तथा अन्तिम खेल स्कटल्यान्डविरुद्ध जुलाई १७ मा खेल्नेछ ।


Author

थप समाचार
x