क्रिकेट

टी-ट्वान्टी अन्तर्राष्ट्रियमा भुटानको कीर्तिमान

इकागज |
असार २०, २०७९ सोमवार १५:४८ बजे

काठमाडौँ – टी-ट्वान्टी अन्तर्राष्ट्रियमा भुटान क्रिकेट टिमले कीर्तिमान कायम गरेको छ । माल्दिभ्सलाई पराजित गर्दै पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल जितेको हो ।  

मलेसियामा जारी चारदेशीय टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत माल्दिभ्सलाई ६ रनले पराजित गर्दै भुटानले पहिलो जित दर्ता गरेको हो ।


पहिले ब्याटिङ गर्दै भुटानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १० रन जोडेको थियो तर जवाफमा माल्दिभ्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रन मात्र जोड्न सक्यो ।

यस अघि भुटानले खेलेका सबै चार खेलमा पराजय भोगेको थियो । 


Author

थप समाचार
x