क्रिकेट

तेस्रो एकदिवसीयमा जमानको शतक, बाबर ६ रनले चुके

इकागज |
चैत २५, २०७७ बुधवार १९:३ बजे

काठमाडौँ : दक्षिण अफ्रिकासँगको तेस्रो निर्णायक एकदिवसीय क्रिकेटमा पाकिस्तानका फकहर जमानले शतक बनाएका छन् । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३२० रन बनायो । 

पाकिस्तानका लागि जमानले १०१ रन बनाए । १०४ बलको सामना गरेका जमानले ९ चौका र ३ छक्का प्रहार गरे । यस्तै कप्तान बाबर अजामले ९४ रन बनाए । ८२ बल खेलेका उनले अन्तिममा चौका र छक्का प्रहार गर्दै शतक नजिक पुगेका थिए ।


तर अन्तिम बलमा आउट भएका उनी ६ रनले शतक बनाउनबाट चुके । यस्तै अर्का ओपनर इमाम उल हकले ५७ रन बनाए । दक्षिण अफ्रिकाका केशब महराजले तीन विकेट लिए । तीन खेलको सिरिज एक-एकको बराबरीमा छ ।


Author

थप समाचार
x