क्रिकेट

नेपालले टी-ट्वान्टी सिरिजका लागि केन्याको भ्रमण गर्ने

इकागज |
साउन २०, २०७९ शुक्रबार १६:८ बजे

काठमाडौँ- नेपाल राष्ट्रिय पुरुष क्रिकेट टिमले ५ खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजका लागि केन्याको भ्रमण गर्ने भएको छ । 

नेपालले र केन्याबीच ५ खेलको टी-ट्वान्टी सिरिज तथा ५० ओभरको तीन अभ्यास खेल हुने नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् ।


तर खेल तालिका भने अहिले निर्धारण नभएपनि नेपाली टिम अगस्ट १७ वा १८ तारिखमा केन्याको भ्रमण गर्नेछ । केन्याले सिरिजका लागि केही समय अघि क्यानलाई औपचारिक निम्तो पठाएको थियो । 
 


Author

थप समाचार
x