क्रिकेट

इंग्लिस क्रिकेटर अली भन्छन् : सन्यास लिने खेलाडीको संख्या बढ्दै जान्छ

इकागज |
साउन २२, २०७९ आइतबार १६:४४ बजे

काठमाडौँ- इंग्ल्यान्ड क्रिकेट टिमका अलराउन्डर मोइन अलीले खेलाडीहरुले क्रिकेटको कुनै न कुनै फर्म्याटबाट सन्न्यास लिन सम्भावना बढ्दै गएको बताएका छन् । अत्यधिक व्यस्त खेलतालिकालाई लिएर अलीले यस्तो धारणा व्यक्त गरेको बीबीसीले जनाएको छ । 

इंग्ल्यान्डका टेष्ट टिम कप्तान बेन स्टोक्सले जुलाईमा एकदिवसीय अन्तर्राष्ट्रियबाट सन्न्यास लिए भने अलीले गत वर्ष टेष्ट क्रिकेटबाट सन्न्यास लिएका थिए । 


३५ वर्षीय अलीले टी-ट्वान्टी क्रिकेटको वर्चश्वका कारण ५० ओभरको क्रिकेट समाप्त हुने बताए । अलीले केही प्रयास गरिएन भने केही वर्षभित्रै ५० ओभरको क्रिकेट खेल हराएर जाने जनाए । उनले ५० ओभरको खेललाई प्राथमिकता दिन छाडिएको दावी समेत गरे ।  

अलीले विश्वभरीका टी-ट्वान्टी लिगका कारण खेलतालिका अत्यधिक व्यस्त भएको र यसका कारण खेलाडीहरुले कुनै न कुनै फर्म्याटबाट खेलाडीहरुले सन्न्यास लिइरहेको तथा यो क्रम बढ्दै जाने बताए । 
 


Author

थप समाचार
x