क्रिकेट

एसिया कपः कोहलीका लागि आलोचकलाई जवाफ दिने अवसर

इकागज |
साउन २४, २०७९ मगलवार १२:५० बजे

काठमाडौँ- युएईमा अगस्ट २७ बाट सुरु हुने एसीसी एसिया कप क्रिकेटका लागि भारतले स्टार ब्याट्सम्यान विराट कोहलीलाई समेट्दै १५ सदस्यीय टिमको घोषणा गरेको छ ।

खराब लयमा गुज्रिरहेका कोहलीलाई एसिया कपको टिममा राख्नुको अर्थ भनेको अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने आईसीसी टी-ट्वान्टी विश्वकप अघि उनी लयमा फर्केको हेर्ने चाहना हो ।


यसअघिको सन् २०२१ मा भएको टी-ट्वान्टी विश्वकपमा भारतले खराब प्रदर्शन गरेका कारण पनि कप्तान रोहित शर्मा र उनको टिममाथि यसपटक विश्वकपमा राम्रो प्रदर्शन गर्ने थप दबाब छ ।

विश्वकप आउन करिब दुई महिना बाँकी हुँदा भारतलाई एसिया कपले तयारीको अवसर प्रदान गर्नेछ । जसका लागि कोहलीलाई पनि टिममा समेटिएको छ ।

एसिया कपको पहिलो खेलमा भारतले अगस्ट २८ मा पाकिस्तानविरुद्ध खेल्दैछ र उक्त खेल कोहलीका लागि एक अवसर हुन सक्छ । साथै आलोचकहरुको मुख बन्द गर्ने अवसर पनि एसिया कप हुन सक्नेछ।


Author

थप समाचार
x