क्रिकेट

अष्ट्रेलियाकी कप्तान मेग लानिङ अनिश्चितकाल क्रिकेटबाट टाढा रहने

इकागज |
साउन २५, २०७९ बुधबार १५:२८ बजे

काठमाडौँ- अष्ट्रेलियाको महिला क्रिकेट टिमकी कप्तान मेग लानिङले व्यक्तिगत कारण देखाउँदै क्रिकेट खेलबाट अनिश्चितकालका लागि विश्राम लिएकी छन् ।

३० वर्षीया लानिङले केही वर्षको व्यस्त तालिकाबाट आफूमाथि केन्द्रित हुनका लागि क्रिकेटबाट अनिश्चित समयका लागि विश्राम लिएको बताएकी बीबीसीले जनाएको छ ।


अष्ट्रेलियालाई दुई पटक एकदिवसीय विश्वकप तथा चार पटक टी-ट्वान्टी विश्वकपको उपाधि दिलाएकी लानिङले कमनवेल्थ गेम्समा देशलाई स्वर्ण जिताएपछि क्रिकेटबाट अनिश्चितकाल टाढा बस्ने घोषणा गरेकी हुन् । लानिङ भने अष्ट्रेलियाले चार पटक विश्वकप जित्दा टोलीको सदस्य रहेकी थिइन् ।

उनले तत्काल द हन्ड्रेड प्रतियोगिता गुमाउने भएकी छन् । उनले ट्रेन्ट रकेट्सका लागि खेल्ने भएकी थिइन् ।


Author

थप समाचार
x