क्रिकेट

सन्दीपको टी-ट्वान्टी वरीयतामा सुधार

इकागज |
भदौ १, २०७९ बुधबार १४:१९ बजे

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको आईसीसी टी-ट्वान्टी वरीयतामा सुधार भएको छ । आईसीसी टी-ट्वान्टीको बलिङतर्फ सन्दीपको वरीयतामा दुई स्थान सुधार भएको हो ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार सन्दीप दुई स्थानमाथि ४० औँ स्थानमा पुगेका छन् । बलिङतर्फ नै अविनाश बोहरा एक स्थानमाथि उक्लँदै ९४ औँ स्थानमा पुगेका छन् ।


ब्याटिङतर्फ कुशल भुर्तेल ३९ औँ तथा दिपेन्द्र सिंह ऐरी ४२ औँ स्थानमा यथावत रहँदा आशिफ शेख एक स्थानमाथि ९७ औँ स्थानमा पुगेका छन् । अलराउन्डरतर्फ दिपेन्द्र सिंह ऐरी ८ औँ स्थानमा यथावत छन् ।

एकदिवसीयका ब्याटिङतर्फ रोहित कुमार पौडेल ८१ औँ तथा आशिफ शेख सयौँ स्थानमा यथावत छन् भने बलिङतर्फ सन्दीप लामिछाने ३४ औँ स्थानमा यथावत रहँदा सोमपाल कामी एक स्थान तल ९४ औँ तथा करण केसी एक स्थान तल ९५ औँ स्थानमा झरेका छन् ।


Author

थप समाचार
x