क्रिकेट

नवौं राष्ट्रिय खेलकुदः पहिलो स्वर्ण पुलिसलाई

इकागज |
भदौ ३१, २०७९ शुक्रवार १७:३६ बजे

काठमाडौं– नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भएको पुरुष क्रिकेट प्रतियोगितामानेपाल पुलिस क्लबले स्वर्ण पदक जितेको छ । अर्काै विभागीय टोली त्रिभुवन आर्मीलाई हराउँदै पुलिसले स्वर्ण हात पारेको हो ।

कीर्तिपुरस्थित टियु मैदानमा शुक्रबार भएको फाइनलमा त्रिभुवनलाई ८ विकेटले पराजित गर्दै पुलिस जित निकाल्यो । आर्मीले दिएको १ सय ४ रनको लक्ष्य पुलिसले ६ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गरेको हो ।


पुलिसका कुशल भुर्तेलले ३ चौका र ६ छक्काको मद्दतले ५१ रनको अर्धशतक बनाए । उनले १९ बल खेलेका थिए । त्यस्तै १७ बल खेलेका सुनिल धमलाले ४ छक्कासहित ४२ रन को योदखान दिए ।

आर्मीका लागि जितेन्द्र मुखिया र सुसन भारीले समान १÷१ विकेट लिए ।

आर्मीले ८ ओभरमा ७ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो । वर्षाको कारण खेल ८ ओभरमा झारिएको थियो । आर्मीका विनोद भण्डारीले ४० रन बनाए । रोहित पौडेलले २८ रन बनाए । कुशल मल्लले १३ तथा भिम सार्कीले ११ रन बनाए ।

पुलिसका लागि ललित राजवंशी तथा गुल्सन झाले समान २÷२ तथा कप्तान दीपेन्द्र सिंह ऐरी र रसिद खानले समान १÷१ विकेट लिएका थिए । 
 


Author

थप समाचार
x