क्रिकेट

नेपालका लागि विश्वकप खेलेका नरेशले क्यानाडाबाट क्रिकेट खेल्ने

इकागज |
असोज १, २०७९ शनिबार ७:११ बजे

काठमाडौँ- नेपालका लागि सन् २०१४ को आईसीसी टी-ट्वान्टी विश्वकप खेलेका नरेश बुढाऐरले क्यानाडाको राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने भएका छन् ।

नरेश अहिले क्यानाडाको बन्द प्रशिक्षणका लागि छनोट भएको नेप्लिज क्यानेडियन क्रिकेट क्लबले जनाएको छ ।


नेपाली क्रिकेट टिमका पूर्व ब्याट्सम्यान नरेशले नेपालका लागि ४ वटा टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

हालका क्यानेडियन क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेको प्रशिक्षणमा नेपालले बंगलादेशमा भएको विश्वकप खेल्दा नरेश टिममा समेटिएका थिए ।

तीन वर्षको बसाइपछि नरेश क्यानाडाको राष्ट्रिय टिमका खेल्न योग्य बनेका छन् ।

यदि नरेश टिममा परे क्यानाडाका लागि खेल्ने उनी पहिलो नेपाली क्रिकेटर बन्ने छन् ।


Author

थप समाचार
x