क्रिकेट

२०२३ देखि आईपीएल पुरानै शैलीमा आयोजना हुने

इकागज |
असोज ७, २०७९ शुक्रवार १४:३२ बजे

काठमाडौँ- बीसीसीआईले सन् २०२३ देखि इन्डियन प्रिमियर लिग कोभिड-१९ महामारी अघिकै शैलीमा आयोजना गरिने जनाएको छ । पीटीआईले जनाएअनुसार सन् २०२३ देखि आईपीएल होम-एन्ड-अवे फर्म्याटमा आयोजना गरिनेछ ।

यसका साथै सन् २०२३ देखि महिलाको पनि आईपीएल आयोजना गरिने बीसीसीआई अध्यक्ष सौरभ गांगुलीले बताएका छन् ।


कोभिडका कारण सन् २०२० देखि केही खेल स्थलमा मात्र आयोजना हुने गरेको छ । सन् २०२० मा युएईको दुबई, शारजाह र अबुधावीमा दशर्कविना तथा सन् २०२१ मै पनि भारतकै चार स्थानमा मात्र आयोजना गरिएको थियो ।


Author

थप समाचार
x