क्रिकेट

अष्ट्रेलियाविरुद्ध भारतको जित

इकागज |
असोज ८, २०७९ शनिवार ७:५६ बजे

काठमाडौँ- घरेलु टोली भारत र अष्ट्रेलियाबीचको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा पुगेको छ । शुक्रबार राति नागपुरमा भएको दोस्रो खेल भारतले ६ विकेटले जितेपछि सिरिज बराबरीको अवस्थामा पुगेको हो ।

आठ ओभरमा सिमित खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ८ ओभरमा ५ विकेट गुमाउँदै ९० रन जोडेको थियो । उसका लागि म्याथ्यु वाडेले अविजित ४३ तथा कप्तान आरोन फिन्चले ३१ रन बनाए ।


भारतका लागि अक्सर पटेलले २ तथा जसप्रित बुमराहले १ विकेट हात पारे ।

जवाफमा ९१ रनको लक्ष्य भारतले ७ ओभर २ बलमा ४ विकेट गुमाएर पुरा गर्‍यो । भारतका लागि कप्तान रोहित शर्माले २० बलमा अविजित रहँदै ४६ रनको योगदान गरे ।

अष्ट्रेलियाका लागि एडम जाम्पाले सर्वाधिक ३ तथा प्याट कमिन्सले १ विकेट लिए ।

भारत र अष्ट्रेलियाबीचको निर्णायक खेल आइतबार हैदराबादमा हुनेछ ।


Author

थप समाचार
x