क्रिकेट

टी-ट्वान्टी सिरिज : भारत र अष्ट्रेलियाबीचको निर्णायक खेल आज

इकागज |
असोज ९, २०७९ आइतबार १०:१८ बजे

काठमाडौँ- घरेलु टोली भारत र अष्ट्रेलियाबीच जारी तीन खेलको टी-ट्वान्टी सिरिजको निर्णायक खेल आज हुँदैछ । भारत र अष्ट्रेलियाबीचको तेस्रो तथा अन्तिम खेल हैदरावादमा आज नेपाली समय अनुसार साँझ ७:१५ बजेबाट सुरु हुनेछ ।

यसअघि पहिलो खेल अष्ट्रेलियाले ४ विकेटले जित्दा दोस्रो खेल भारतले ६ विकेटले जितेको थियो । आजको खेलमा जित हात पार्ने टोलीले सिरिजमाथि कब्जा जमाउनेछ।


भारत र अष्ट्रेलियाबीचको सिरिजलाई अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी टी-ट्वान्टी विश्वकपको तयारीमा रुपमा समेत हेरिएको छ ।


Author

थप समाचार
x