क्रिकेट

पाकिस्तान र इंग्ल्यान्डबीचको सिरिज बराबरीको अवस्थामा

इकागज |
असोज १०, २०७९ सोमबार ८:५९ बजे

काठमाडौँ- घरेलु टोली पाकिस्तान र पाहुना टोली इंग्ल्यान्डबीचको ७ खेलको टी-ट्वान्टी सिरिज २-२ को बराबरीमा पुगेको छ । आइतबार राति कराँचीमा भएको चौथों खेल पाकिस्तानले ३ रनले जितेपछि सिरिज बराबरीको अवस्थामा पुगेको हो ।

पाकिस्तानले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्ड १९ ओभर २ बल खेल्दै १ सय ६३ रनमा समेटिएको थियो । इंग्ल्यान्डका लागि लियाम डाउसन र ह्यारी ब्रुकले समान ३४ रन बनाए ।


पाकिस्तानका हरिस राउफ र मोहम्मद नवाजले समान ३-३ विकेट हात पारे । मोहम्मद हसनैनले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६६ रन जोड्यो । पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ८८ रन तथा कप्तान बाबर आजमले ३६ रनको योगदान गरे । इंग्ल्यान्डका रिसे टोप्लेले सर्वाधिक २ विकेट हात पारे ।

पाकिस्तान र इंग्ल्यान्डबीचको पाँचौं खेल बुधबार हुनेछ ।


Author

थप समाचार
x