क्रिकेट

पाकिस्तानमाथि इंग्ल्यान्डको शानदार जित

इकागज |
असोज १५, २०७९ शनिवार १०:१७ बजे

काठमाडौँ- घरेलु टोली पाकिस्तान र इंग्ल्यान्डबीचको सात खेलको टी-ट्वान्टी सिरिज ३-३ को बराबरीको अवस्थामा पुगेको छ । शुक्रबार राति लाहोरमा भएको छैटौँ खेल इंग्ल्यान्डले ८ विकेटले जित्दै सिरिज बराबरीको अवस्थामा पुर्‍याएको हो ।

पाकिस्तानले दिएको १ सय ७० रनको लक्ष्य इंग्ल्यान्डले १४ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्‍यो ।


इंग्ल्यान्डको जितमा फिल साल्टले ४१ बलमा अविजित रहँदै ८८ रन जोडे । उनले १३ चौका र ३ छक्का प्रहार गरे । पाकिस्तानका लागि शदाब खानले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रन जोड्यो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ५९ बलमा ७ चौका र ३ छक्काको मदतमा ८७ रन जोडेका थिए ।

इंग्ल्यान्डका लागि साम कुरान र डेभिड विलीले समान २-२ विकेट हात पारे ।

यी दुई टोलीबीचको निर्णायक खेल आइतबार हुनेछ ।


Author

थप समाचार
x