क्रिकेट

सन्दीप आवद्ध रहेको तालावासले जित्यो सीपीएलको उपाधि

इकागज |
असोज १५, २०७९ शनिबार १२:२७ बजे

काठमाडौँ- नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने आवद्ध रहेको जमैका तालावासले क्यारेवियन प्रिमियर लिग (सीपीएल) को उपाधि जितेको छ ।

फाइनलमा बारवाडोस रोयल्सलाई ८ विकेटले पराजित गर्दै तालावासले सीपीएलको उपाधि जितेको हो ।


सीपीएलका लागि तालावासले नेपाली लेग स्पिनर लामिछानेलाई अनुबन्ध गरेको थियो । तर लामिछानेमाथि एक नाबालिगलाई बलात्कार गरेको आरोपमा जाहेरी परेपछि क्लबले उनलाई टिमबाट निकालेको थियो ।

लामिछानेले तालावासको कुनै पनि खेलमा भने खेल्न पाएका थिएनन् ।


Author

थप समाचार
x