क्रिकेट

भारतलाई एक खेलअगावै दक्षिण अफ्रिकाविरुद्धको सिरिज

इकागज |
असोज १७, २०७९ सोमवार ८:२२ बजे

काठमाडौँ- पाहुना टोली दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । आइतबार राति गुवाहाटीमा सम्पन्न दोस्रो खेल भारतले १६ रनले जित्दै सिरिजमाथि कब्जा जमाएको हो ।

जितका लागि भारतले दिएको २ सय ३८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रन मात्र जोड्न सक्यो । दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले ४७ बलमा अविजित १ सय ६ रन जोडेपनि त्यो जितका लागि पर्याप्त भएन । मिलरले ८ चौका र ७ छक्का प्रहार गरे । क्विन्टन डीककले ४८ बलमा अविजित ६९ रनको योगदान गरे ।


भारतका अर्शदिप सिंहले २ तथा अक्सर पटेलले १ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ३ विकेट गुमाएर २ सय ३७ रन जोडेको थियो । उसका लागि सूर्यकुमार यादवले २२ बलमा ६१ रन जोड्दा समान ५ छक्का र ५ चौका हिर्काए । केएल राहुलले ५७ रन बनाए । दक्षिण अफ्रिकाका केसव महाराजले २ विकेट लिए ।


Author

थप समाचार
x