क्रिकेट

पाकिस्तानविरुद्धको सिरिज इंग्ल्यान्डको पोल्टामा

इकागज |
असोज १७, २०७९ सोमबार ९:५५ बजे

काठमाडौँ- पाहुना टोली इंग्ल्यान्डले पाकिस्तानविरुद्धको सात खेलको टी-ट्वान्टी सिरिज ४-३ ले जितेको छ । लाहोरमा आइतबार राति सम्पन्न अन्तिम खेल इंग्ल्यान्डले ६७ रनले जित्दै पाकिस्तानविरुद्धको सिरिज जितेको हो ।

इग्ल्यान्डले दिएको २ सय १० रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रनमात्र जोड्न सक्यो । पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ५६ रन जोडे । इंग्ल्यान्डका क्रिस ओक्सले सर्वाधिक ३ तथा डेभिड विल्लीले २ विकेट हात पारे ।


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रन जोड्यो । इंग्ल्यान्डका लागि डाविड मलनले अविजित ७८ रनको योगदान गरे । ह्यारी ब्रुकले अविजित ४६ रन जोडे ।


Author

थप समाचार
x