क्रिकेट

स्टार ब्याट्सम्यान कोहलीले दक्षिण अफ्रिकाविरुद्धको खेल गुमाउने

इकागज |
असोज १७, २०७९ सोमबार १७:३२ बजे

काठमाडौँ- भारतीय क्रिकेट टिमका स्टार ब्याट्सम्यान विराट कोहलीले दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टी-ट्वान्टी खेल नखेल्ने भएको छन् । मंगलबार इन्दोरमा हुने तीन खेलको सिरिजको अन्तिम खेल कोहलीले नखेल्ने द हिन्दुले जनाएको छ ।

भारतले एक खेल अगाबै सिरिज २-० ले जितिसकेको छ । आइतबार राति गुवाहाटीमा भएको दोस्रो खेल भारतले जितेपछि सोमबार कोहली मुम्बई प्रस्थान गरेका हुन् ।


उनलाई तेस्रो खेलका लागि विश्राम दिइएको बीसीसीआईले जनाएको छ । दक्षिण अफ्रिकाविरुद्धको सिरिजपछि मुम्बई मै कोहली टिममा आउनेछन ।

त्यसपछि भारतीय टिम आईसीसी टी-ट्वान्टी विश्वकपका लागि अष्ट्रेलिया प्रस्थान गर्नेछ । भारतीय टिम अगस्ट ६ मा अष्ट्रेलिया प्रस्थान गर्ने तालिका रहेको छ ।


Author

थप समाचार
x