क्रिकेट

विश्वकपको फाइनलमा इंग्ल्यान्ड र पाकिस्तान भिड्दै

इकागज |
कात्तिक २७, २०७९ आइतवार ११:५ बजे

काठमाडौँ- अस्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा आज पाकिस्तान र इंग्ल्यान्डबीच खेल हुँदैछ । पाकिस्तान र इंग्ल्यान्डबीचको फाइनल मेलवर्नमा नेपाली समय अनुसार १:४५ बजेबाट सुरु हुनेछ ।

सेमिफाइनलमा पाकिस्तानले न्यूजिल्यान्डलाई ७ विकेट तथा इंग्ल्यान्डले भारतलाई १० विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।


पाकिस्तान र इंग्ल्यान्ड दुबैले एक-एक पटक उपाधि हात पारेका छन् । सन् २००९ मा इंग्ल्यान्डमा भएको फाइनलमा श्रीलंकालाई ८ विकेटले पराजित गर्दै पाकिस्तानले उपाधि जितेको थियो ।

त्यसैगरी, सन् २०१० मा वेस्ट इन्डिजमा भएको फाइनलमा इंग्ल्यान्डले अस्ट्रेलियालाई ७ विकेटले पराजित गर्दै उपाधि चुमेको थियो ।

तर आज हुने फाइनल भने वर्षाले प्रभावित हुन सक्ने पूर्वानुमान गरिएको छ ।


Author

थप समाचार
x