क्रिकेट

इंग्ल्यान्डले जित्यो टी-ट्वान्टी विश्वकप

इकागज |
कात्तिक २७, २०७९ आइतबार १७:२५ बजे

काठमाडौँ- इंग्ल्यान्डले अस्ट्रेलियामा सम्पन्न आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । मेलवर्नमा भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इंग्ल्यान्डले उपाधि जितेको हो ।

फाइनलमा पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । इंग्ल्यान्डलाई जित दिलाउन बेन स्टोक्सले अविजित ५२ रन जोडे । कप्तान जोश बटलरले २६ रन बनाए । पाकिस्तानका हरिस रउफले २ विकेट लिए ।


यसअघि मेलवर्नमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३७ रन जोड्यो । पाकिस्तानका लागि शान मसुदले ३८ रनको योगदान गरे । कप्तान बाबर आजमले ३२ रन बनाए । मोहम्मद रिजवानले १५ रन जोडे ।

इंग्ल्यान्डका लागि साम कुरानले ३ तथा क्रिस जोर्डनले र आदिल रसिदले २-२ विकेट लिए । बेन स्टोक्स एक विकेट हात पारे ।

सन् २०१० मा वेस्ट इन्डिजमा भएको फाइनलमा इंग्ल्यान्डले अस्ट्रेलियालाई ७ विकेटले पराजित गर्दै उपाधि चुमेको थियो ।


Author

थप समाचार
x