क्रिकेट

क्रिकेट लिग-२: नेपाल र नामिबियाले अंक बाँडे

इकागज |
मंसिर १६, २०७९ शुक्रबार २०:३२ बजे

काठमाडौँ - आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियामा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग अंक बाडेको छ ।

नामिबियाको युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा वर्षाका कारण नेपाल र नामिबियाबीचको खेल पुरा हुन नसकेपछि दुबै टिमले १-१ अंक बाडेका हुन् ।


नेपालले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको नामिबियाले ४ बलमा ४ रन जोड्दा खेल बर्षाले रोकिएको थियो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९७ बनाएको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रन जोडे ।

सिरिजमा नेपाल २१ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया २८ खेलमा ३३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।


Author

थप समाचार
x