क्रिकेट

क्रिकेट लिग-२: स्कटल्यान्डविरुद्ध नेपाल ब्याटिङमा

इकागज |
मंसिर १८, २०७९ आइतबार १३:११ बजे

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियामा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

विन्डहक मैदानमा टस जितेर स्कटल्यान्डले नेपाललाई पहिले ब्याटिङको लागि निम्तो दिएको हो । सिरिज अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा नेपालले नामिबियासँग एक-एक अंक बाडेको थियो ।


अर्कोतर्फ स्कटल्यान्डले भने पहिलो खेलमा नामिबियालाई ४ विकेटले पराजित गरेको थियो ।

सात टिम सहभागी लिग-२ अन्तर्गत नेपाल २१ खेलबाट जम्मा १८ अंक जोड्दै छैटौं स्थानमा छ । २९ खेल खेलेको स्कटल्यान्डको ४२ अंक छ ।


Author

थप समाचार
x