क्रिकेट

क्रिकेट लिग-२: नामिबियाविरुद्ध खेल्दै नेपाल

इकागज |
मंसिर २१, २०७९ बुधवार १०:१६ बजे

काठमाडौँ- नामिबियामा जारी आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज तेस्रो खेल खेल्दैछ । नेपालले तेस्रो खेलमा घरेलु टोली नामिबियाविरुद्ध खेल्दैछ ।

नेपाल र नामिबियाबीचको खेल विन्डहोक क्रिकेट मैदानमा नेपाली समय अनुसार अपरान्ह १:४५ बजेबाट सुरु हुनेछ ।


जारी सिरिजमा नेपालले खेलेका अघिल्ला एक खेलमा नामिबियासँगै अंक बाडेको थियो । दोस्रो खेल स्कटल्यान्डसँग ३ विकेटले हारेको थियो ।

यता नामिबियाको भने यो अन्तिम खेल हो । यसअघि पहिलो खेलमा नामिबियाले स्कटल्यान्डसँग ४ विकेटको पराजय भोग्यो भने दोस्रो खेलमा नेपालसँग अंक बाड्यो । तेस्रो खेलमा भने स्कटल्यान्डलाई ३ विकेटले पराजित गर्‍यो ।

सात टिम सम्मिलित लिगअन्तर्गत नेपाल २२ खेल खेल्दै १८ अंक सहित छैटौं स्थानमा छ । नामिबिया भने २९ खेलबाट ३५ अंक जोड्दै तेस्रो स्थानमा छ । ३१ खेल खेलको स्कटल्यान्ड ४४ अंकसहित शीर्ष स्थानमा हुँदा सबै ३६ खेल खेलेको ओमानको पनि ४४ अंक छ तर नेटरन रेटका आधारमा दोस्रो स्थानमा छ ।


Author

थप समाचार
x