क्रिकेट

लिग-२ को अन्तिम सिरिज खेल्न नेपाल आउँदै स्कटल्यान्ड

इकागज |
माघ १३, २०७९ शुक्रवार १०:४१ बजे

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालमा हुने एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि स्कटल्यान्डले टिमको घोषणा गरेको छ । त्रिवि क्रिकेट मैदानमा फेब्रुअरी १४ देखि २१ तारिखसम्म हुने सिरिजका लागि क्रिकेट स्कटल्यान्डले बिहीबार १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

लिग-२ मा नेपालमा हुने सिरिज स्कटल्यान्डका लागि अन्तिम सिरिज हुनेछ । ३६ मध्ये ३२ खेल खेलिसकेको स्कटल्यान्डले नेपालमा बाँकी ४ खेल खेल्नेछ । स्कटल्यान्डले पहिलो खेल नामबियाविरुद्ध फेब्रुअरी १५, दोस्रो खेल नेपालविरुद्ध फेब्रुअरी १७, तेस्रो खेल नामिबियाविरुद्ध २० तथा अन्तिम खेल नेपालविरुद्ध २१ तारिखमा खेल्ने तालिका रहेको छ ।


३२ खेलबाट सर्वाधिक ४६ अंक जोडेको स्कटल्यान्ड लिग-२ मा शीर्ष स्थान सुरक्षित गर्दै २०२३ को क्रिकेट विश्वकप छनोटका लागि समेत छनोट भइसकेको छ ।

शीर्ष ३ मा रहने टिम विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछ र बाँकी दुई स्थानका लागि अझै प्रतिस्पर्धा जारी छ ।

लिग-२ अन्तर्गत ३६ वटै खेल खेलिसकेको ओमान ४४ अंक सहित दोस्रो, ३० खेलबाट ३७ अंक जोडेको नामिबिया तेस्रो, ३६ खेल खेलिसकेको अमेरिका ३५ अंकसहित चौथो, २६ खेलबाट २७ अंक जोडेको युएई पाँचौ, २४ खेलबाट १८ अंक जोडेको नेपाल छैटौ तथा २८ खेलबाट ५ अंक जोडेको पपुवा न्यूगिनी सातौ स्थानमा छन् ।

नेपालमा हुने सिरिजका लागि स्कटल्यान्डको टिम

रिची बेरिङटन (कप्तान), काएल कोएट्जर, म्याट क्रस (उपकप्तान), क्रिस ग्रिभ्स, ज्याक जर्भिस, माइकल लिस्क, टम म्याकिन्टोस, क्रिस म्याकब्राइड, ब्रान्डन म्याकमुलेन, जर्ज मुन्सी, लियम नेयलर, सफयान शरिफ, क्रिस सोल, हम्जा ताहिर र मार्क वाट


Author

थप समाचार
x