क्रिकेट

भारतविरुद्धको टी-ट्वान्टी सिरिजमा न्यूजिल्यान्डलाई अग्रता

इकागज |
माघ १४, २०७९ शनिबार ९:३४ बजे

काठमाडौँ- घरेलु टोली भारतविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिजमा न्यूजिल्यान्डले १-० को अग्रता बनाएको छ । शुक्रबार राति राँचीमा भएको पहिलो खेल न्यूजिल्यान्डले २१ रनले जित्दै सिरिजमा अग्रता लिएको हो ।

जितका लागि १ सय ७७ रनको लक्ष्य पछ्याको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १ सय ५५ रन जोडेपछि न्यूजिल्यान्डले जित हात पार्‍यो ।


भारतका लागि वासिङटन सुन्दरले ५० तथा सूर्यकुमार यादवले ४७ रन जोडे । न्यूजिल्यान्डका माइकल ब्रेसवेल, मिचेल सान्टनर र लोकी फर्गुसनले समान २-२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले ६ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । न्यूजिल्यान्डका लागि डेरिल मिचेलले सर्वाधिक ५९ तथा डेभोन कनवेले ५२ रनको योगदान गरे ।

भारतका लागि वासिङटन सुन्दरले सर्वाधिक २ विकेट हात पारे ।


Author

थप समाचार
x