क्रिकेट

बीसीसीआईले यू-१९ विश्वकप विजेता भारतीय टिमलाई पाँच करोड दिने

इकागज |
माघ १६, २०७९ सोमबार १२:५२ बजे

काठमाडौँ- पहिलो संस्करणको आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकपको उपाधि जितेको भारतीय टिमले पाँच करोड भारतीय रुपैयाँ पाउने भएको छ ।

बीसीसीआईका सचिव जय शाहले विश्वकप विजेता टोलीलाई ५ करोड दिने घोषणा गरेको आईएएनएसले जनाएको हो ।


दक्षिण अफ्रिकामा सम्पन्न विश्वकपको फाइनलमा इंग्ल्यान्डलाई ७ विकेटले पराजित गर्दै भारतले उपाधि जितेको थियो ।


Author

थप समाचार
x