क्रिकेट

स्मिथले चौथो पटक जिते अलन बोर्डर मेडल

इकागज |
माघ १६, २०७९ सोमवार १६:४२ बजे

काठमाडौँ- अस्ट्रेलियन ब्याट्सम्यान स्टेभेन स्मिथले सन् २०२३ को अलन बोर्डर मेडल प्राप्त गरेका छन् । स्मिथले चौथो पटक अलन बोर्डर मेडल प्राप्त गरेको क्रिकेट अस्ट्रेलियाले जनाएको छ ।

उनले यसअघि २०१५, २०१८ र २०२१ मा सो मेडल प्राप्त गरेका थिए । चार पटक अलन बोर्डर मेडल जित्ने उनी तेस्रो अस्ट्रेलियन क्रिकेटर हुन् । यसअघि रिक्की पोन्टिङ र माइकल क्लार्कले मात्र चार पटक अलन बोर्डर मेडल पाएका थिए ।


स्मिथले मतका आधारमा ट्राभिस हेड र डेविड वार्नरलाई पछि पार्दै सो मेडल जितेका हुन् ।

स्मिथले सन् २०२२ मा टेस्ट अन्तर्गत ८ सय ६३ रन बनाएका थिए । उनले ३ वटा शतक समेत हिर्काए । ३३ वर्षीय स्मिथले ११ एकदिवसीय खेलमा खेलमा ५ सय ३९ रन बनाएका थिए ।  


Author

थप समाचार
x