क्रिकेट

प्रशान्त विक्रमले दिए क्यानको सचिव पदबाट राजीनामा

इकागज |
माघ १८, २०७९ बुधबार १०:१ बजे

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले पदबाट राजीनामा दिएका छन् । पोखरामा बसेको क्यानको बोर्ड बैठकका क्रममा मल्लले कार्यवाहक सचिव पदबाट राजीनामा दिएका हुन् ।

तर उनको राजीनामा स्वीकृत गर्ने वा नगर्ने भन्नेबारे निर्णय भने भइनसकेको क्यानका एक सदस्यले इकागजलाई जानकारी गराए ।


२०७८ असोजमा अशोकनाथ प्याकुरेलले सचिव पदबाट राजीनामा दिएपछि मल्ललाई कार्यवाहक सचिवको जिम्मेबारी दिइएको थियो । मल्ल नेपाल नेपाल टी-ट्वान्टी लिगमा गभर्निङ काउन्सिल अध्यक्षको भूमिकामा रहेका थिए ।

नेपाल टी-ट्वान्टी लिगका लागि भारतीय कम्पनी सेथेनथ्री स्पोर्टससँगको गरेको सम्झौता तथा लिगमा स्पट फिक्सिङ भएको भन्दै क्यानकै सात जना सदस्यले क्यान अध्यक्ष चतुरबहादुर चन्द र कार्यवाहक सचिव मल्लसहित अन्यको राजीनामा माग गरेका थिए ।

राजीनामा माग्ने सदस्यमध्येका एक छुम्बी लामाले उनीहरूले क्यानबाटै राजीनामा दिनुपर्ने बताएका छन् । उनले यसो नगरे आईसीसी, राष्ट्रिय खेलकुद परिषद् तथा खेलकुद मन्त्रालयमा जाने समेत बताएका छन् ।


Author

थप समाचार
x