क्रिकेट

क्यान बोर्ड बैठकको निर्णय, क्यान पुनः निलम्बन हुने खतरा

इकागज |
माघ १८, २०७९ बुधबार १३:१९ बजे

पाेखरा- नेपाल क्रिकेट संघ (क्यान) का बहुमत सदस्यहरूले क्यान पुनः निलम्बनको खतरामा रहेको चेतावनी दिएका छन् । क्यानका सात सदस्यहरूले अध्यक्ष चतुरबहादुर चन्दसहित कार्यसम्पादन समितिका सदस्यहरूको राजीनामा माग गरेपछि क्यान पुनः निलम्बनको खतरामा रहेको चेतावनी दिएका हुन् ।

निर्वाचित १५ मध्ये पाँच तथा मनोनित सदस्यहरूले नेपाल टी-ट्वान्टी लिगका क्रममा भएका सम्झौता तथा स्पट फिक्सिङलाई लिएर अध्यक्ष चन्दसहित कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह तथा सदस्य दुर्गाराज पाठकको राजीनामा माग गरेपछि सो चेतावनी आएको हो ।


पोखरामा मंगलबार बसेको बैठकबाट बहुमत पदाधिकारीहरुले राजीनामा मागको विषयलाई छाड्न समेत आग्रह गरेका छन् ।

केन्द्रीय सदस्यहरु ऋषिराम गौतमसहित दाउद अन्सारी, सञ्जयराज सिंह, करन महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्वी लामा र धर्मराज गिरीले उनीहरुको राजीनामा माग गर्नुका साथै बोर्ड बैठक बहिष्कार गरेका थिए ।

बोर्ड बैठक निर्णयः


Author

थप समाचार
x