क्रिकेट

क्यानले निलम्बन फुकुवा गरेसँगै सन्दीपले भनेः समयसँगै फेरि भेट होला

इकागज |
माघ १८, २०७९ बुधबार १९:२० बजे

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरे भोलिपल्ट समयसँगै फेरि भेट हुने बताएका छन् । बुधबार साँझ फेसबुकमा उनले समयसँगै फेरि भेट होला भनेर स्टाटस लेखेका छन् ।

क्यानले बलात्कारको अभियोग लागेपछि उनलाई गत भदौ २३ गते निलम्बन गर्ने निर्णय गरेको थियो ।


गएको पुस २८ गते २० लाख रुपैयाँ धरौटीमा रिहा भएका सन्दीपलाई खेलमा फर्काउन क्यानको बहुमत सदस्य सहभागी बैठकले निर्णय गरेको हो ।

सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय भएपनि मंगलबार नै महान्यायाधिवक्ता कार्यालयले उनलाई पुर्पक्ष थुनामै राखेर मुद्दामा अघि बढाउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको छ ।

महान्यायाधिवक्ता कार्यालय पुस २८ गते उच्च अदालत पाटनबाट जारी भएको थुनछेक आदेशविरुद्ध सर्वोच्चमा गएको हो ।

 

 


Author

थप समाचार
x