क्रिकेट

सन्दिपविरुद्धको सर्वोच्च अदालतमा आज पहिलो सुनवाइ

इकागज |
माघ २०, २०७९ शुक्रवार ८:३५ बजे

काठमाडौँ- नेपाली क्रिकेटका पुर्व कप्तान सन्दिप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धाको पहिलो सुनवाइ आज हुने भएको छ । 

नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छाड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै सन्दिपविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदन दिएको थियो । जसमाथी आज पहिलो सुनुवाइ हुने भएको हो ।


गत मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने माग गर्दै दिइएको निवेदनको पेशी आज तोकिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीले बताए। 

उच्च अदालतको आदेश पछि रिहा भएका सन्दिपलाई पुन: नेपाली क्रिकेट मैदानमा ल्याउने नेपाल क्रिकेट संघको निर्णय भएको पर्सिपल्ट अर्थात आज शुक्रवार सर्वोच्चमा पहिलो सुनवाई हुन लागेको हो । 


Author

थप समाचार
x