क्रिकेट

अस्ट्रेलियाका टी-ट्वान्टी कप्तान फिन्चले लिए सन्‍न्‍यास

इकागज |
माघ २४, २०७९ मगलवार ९:१२ बजे

काठमाडौँ- अस्ट्रेलियाका टी-ट्वान्टी कप्तान तथा ब्याट्सम्यान आरोन फिन्चले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्‍न्‍यास लिएका छन् । गत सेप्टेम्बरमा एकदिवसीय अन्तर्राष्ट्रियबाट सन्‍न्‍यासको घोषणा गरेका ३६ वर्षीय फिन्च अस्ट्रेलियाका टी-ट्वान्टी कप्तान थिए ।

उनले सन् २०२१ मा अस्ट्रेलियालाई आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि दिलाएका थिए । ​फिन्चले अस्ट्रेलियाका लागि ५ टेस्ट, १ सय ४६ एकदिवसीय तथा १ सय ३ टी-ट्वान्टी खेलेका छन् ।


टी-ट्वान्टी अन्तर्राष्ट्रियमा ३ हजार १ सय २० रन जोडेका फिन्च अस्ट्रेलियाका लागि सर्वाधिक रन बनाउने खेलाडीमा पर्छन् । उनले टी-ट्वान्टीमा दुई शतक समेत प्रहार गरेका छन् ।

फिन्चले भने घरेलु टी-ट्वान्टी तथा बिग बास लिगमा भने खेल्ने बताएका छन् ।


Author

थप समाचार
x