क्रिकेट

महिलाको आईपीएल अक्सनका लागि पाँच नेपाली क्रिकेटरको नाम सिफारिस

इकागज |
माघ २४, २०७९ मंगलबार १४:३७ बजे

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले भारतमा हुने महिलाको आईपीएल (वुमन्स प्रिमियर लिग) क्रिकेटको अक्सनका लागि पाँच नेपाली महिला खेलाडीको नाम सिफारिस गरेको छ ।

क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीसँगै सिता राना मगर, इन्दु बर्मा, कविता कुँवर र अस्मिना कर्मचार्यकाे नाम अक्सनका लागि सिफारिस गरेको बताए । क्यानले अक्सनका लागि पाँच खेलाडीको नाम भारतीय क्रिकेट बोर्ड बीसीसीआईमा पठाएको कार्यवाहक सचिव पाठकले जनाए ।


मार्च ४ देखि २६ तारिखसम्म हुने लिगका लागि फेब्रुअरी १३ मा अक्सन हुने तालिका रहेको छ । लिगमा ५ टिमको सहभागिता रहनेछ ।

लिगमा हरेक टिमले बढीमा १८ तथा न्यूनतम १५ खेलाडी राख्नुपर्नेछ । त्यसैगरी, प्रत्येक टिमले ७ जना विदेशी खेलाडी राख्न पाउने र त्यसमध्ये एक एसोसिएट राष्ट्रको खेलाडी अनिवार्य हुनुपर्नेछ ।


Author

थप समाचार
x