क्रिकेट

२०२४ को टी-ट्वान्टी विश्वकपका लागि आठ टिमको टुंगो

इकागज |
फागुन १६, २०७९ मंगलबार १६:१० बजे

काठमाडौँ- सन् २०२४ मा बंगलादेशमा हुने आईसीसी महिला टी-ट्वान्टी क्रिकेट विश्वकपका लागि ८ टिम स्वतः छनोट भएका छन् । आईसीसीले मंगलबार आगामी वर्ष हुने विश्वकपका लागि ८ टिमले स्वतः स्थान सुरक्षित गरेको जनाएको छ ।

दक्षिण अफ्रिकामा आइतबार सम्पन्न टी-ट्वान्टी विश्वकपका शीर्ष ६ टिमहरु अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्यूजिल्यान्ड, इंग्ल्यान्ड, भारत र वेस्ट इन्डिजसँगै आयोजक बंगलादेश तथा आईसीसीको वरीयताको आधारमा पाकिस्तानले स्थान सुरक्षित गरेका छन् ।


२०२४ को विश्वकपमा १० टिमको सहभागिता रहनेछ । बाँकी २ टिमको टुंगो ग्लोबल छनोटबाट लाग्नेछ ।


Author

थप समाचार
x