क्रिकेट

पीएनजीले युएईलाई दियो २३५ रनको लक्ष्य

इकागज |
चैत १, २०७९ बुधबार १३:१९ बजे

काठमाडौँ- कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा पपुवा न्यूगिनी (पीएनजी) ले युनाइटेड अरब इमिरेट्सलाई २३५ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २३४ रन बनायो ।


पीएनजीका लागि असाद भालाले सर्वाधिक ६५ रनको योगदान गरे । नोरमन भानुआले ३१ बलमा ४९ रन बनाए । उनले १ चौका र ५ छक्का हिर्काए । रिले हेकुरेले ३३ रन, किपलिन डोरिगाले २४ रन तथा चार्लस अमिनीले २२ रन जोडे ।

युएईका लागि हजरत विलालले ४ तथा जावर फरिद र रोहन मुस्तफाले १-१ विकेट हात पारे ।


Author

थप समाचार
x