क्रिकेट

अस्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीयमा भारतको सहज जित

इकागज |
चैत ४, २०७९ शनिवार ८:५७ बजे

काठमाडौँ- पाहुना टोली अस्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेल भारतले ५ विकेटले जितेको छ । वाङ्खेडे स्टेडियममा शुक्रबार राति जितका लागि चाहिएको १ सय ८९ रनको लक्ष्य भारतले ३९ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । जितसँगै ३ खेलमा सिरिजमा भारतले १-० को अग्रता लिएको छ ।

भारतलाई जित दिलाउन केएल राहुलले सर्वाधिक ७५ रन तथा रविन्द्र जडेजाले ४५ रनको योगदान गरे । अस्ट्रेलियाका मिचेल स्टार्कले ३ तथा मार्कस स्टोइनिसले २ विकेट हात पारे ।


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ३५ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ८८ रन जोड्यो । उसका लागि मिचेल मार्सले सर्वाधिक ८१ रन बनाए ।

भारतका मोहमद सामी र मोहमद सिराजले समान ३-३ विकेट हात पारे ।


Author

थप समाचार
x