क्रिकेट

न्यूजिल्यान्डका अलराउन्डर ब्रेसवेलले बैँग्लोरका लागि आईपीएल खेल्ने

इकागज |
चैत ४, २०७९ शनिबार १३:४ बजे

काठमाडौँ- न्यूजिल्यान्डका अलराउन्डर माइकल ब्रेसवेलले रोयाल च्यालेन्जर्स बैँग्लोरका लागि २०२३ को इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने भएका छन् ।

इंग्ल्यान्डका ब्याट्सम्यान विल ज्याक्स घाइते भएका कारण आईपीएल खेल्न नपाउने भएपछि उनको स्थानमा बैँग्लोरले ब्रेसवेललाई भित्र्याउने निर्णय गरेको हो ।


बैँग्लोरले ज्याक्सलाई ३ करोड २० लाख भारतीय रुपैयाँमा टिममा भित्र्याएको थियो । तर बैँग्लोरले भने ब्रेवेललाई उनको बेस प्राइस १ करोडमा भित्र्याएको आईपीएलले जनाएको छ ।

ब्रेसवेलले १६ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल्दै १ सय १३ रन बनाउनुका साथै २१ विकेट हात पारेका छन् ।


Author

थप समाचार
x