क्रिकेट

क्रिकेटर ऐरी र सार्कीलाई सुदूरपश्चिम सरकारले दुई/दुई लाख रूपैयाँ दिने

इकागज |
चैत ४, २०७९ शनिबार १३:४२ बजे

कैलाली । राष्ट्रिय क्रिकेट टिममा प्रतिनिधित्व गर्ने सुदूरपश्चिम प्रदेशका क्रिकेट खेलाडीलाई प्रदेश सरकारले नगद रुपैयाँ दिने घोषणा गरेको छ । प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडीलाई जनही दुई/दुई लाख रूपैयाँ दिने भएको हो ।

राष्ट्रिय टिममा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने दीपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई प्रदेश सरकारले जनही दुई/दुई लाख रूपैयाँ दिने मुख्यमन्त्री कमलबहादुर शाहले घोषणा गरेका छन् । 


टिममा परेका खेलाडी सन्दिप जोरालाई १ लाख र अन्तिम १८ मा पर्न सफल कमल सिंह ऐरी र अर्जुन सावदलाई जनही ५०/५० हजार गरि ६ लाख दिने घोषणा गरेको छ।

नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट गराउँदै ऐतिहासिक सफलता दिलाउन भूमिका खेलेको भन्दै सरकारले उनीहरूलाई नगद पुरस्कार प्रदान गर्ने जनाइएको छ ।


Author

थप समाचार
x