क्रिकेट

सकिब अल हसनको दुर्लभ कीर्तिमान

इकागज |
चैत ५, २०७९ आइतबार ९:४८ बजे

काठमाडौँ- बंगलादेशका स्टार अलराउन्डर क्रिकेटर सकिब अल हसनले एकदिवसीय अन्तर्राष्ट्रियमा ७ हजार रन बनाउने तथा ३ सय विकेट लिने खेलाडी बनेका छन् ।

एकदिवसीयमा ७ हजार रन बनाउने तथा ३ सय विकेट लिने सकिब तेस्रो खेलाडी बनेका छन् । शनिबार आयरल्यान्डविरुद्धको खेलका क्रममा ९३ रन जोड्दा सकिबले ७ हजार रन पूरा गरेका थिए ।


त्यसैगरी, केही समय अघि इंग्ल्यान्डविरुद्धको खेलमा क्रममा ३ सय विकेट पूरा गरेका थिए । उनले आयरल्यान्डविरुद्ध पनि एक विकेट हात पारे ।

यसअघि सनथ जयसुरियाले १३ हजार ४ सय ३० रन बनाउनुका साथै ३ सय २३ विकेट हात पारेका थिए भने साहिद अफ्रिदीले ८ हजार ६४ रन बनाउँदा ३ सय ९४ विकेट हात पारेका थिए ।


Author

थप समाचार
x