क्रिकेट

नेपालको एकदिवसीय वरीयतामा सुधार, कस्तो छ टी-२० को अवस्था ?

इकागज |
चैत ८, २०७९ बुधवार १३:२७ बजे

काठमाडौँ- नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा सुधार भएको छ । आईसीसीले आज सार्वजनिक गरेको वरीयता अनुसार नेपालको वरीयतामा एक स्थान सुधार भएको हो ।

नयाँ वरीयता अनुसार नेपाल १५ औँ स्थानमा उक्लिएको छ । यसअघि नेपाल १६ औँ स्थानमा रहेको थियो । नेपालले पछिल्ला १२ मध्ये ११ खेलमा जित हात पारेसँगै १९ औँ स्थानबाट १५ औँ स्थानमा आइपुगेको छ ।


नेपालले ओमान, नामिबिया, अमेरिका, यूएई र पीएनजीलाई पछि पारेको छ ।

यसैबीच, टी-ट्वान्टी वरीयतामा भने नेपाल १६ औँ स्थानमा यथावत रहेको छ ।


Author

थप समाचार
x