क्रिकेट

मेयर्स कप क्रिकेटः लगातार तीन खेल जित्दै एपीएफ फाइनलमा

इकागज |
चैत ११, २०७९ शनिबार १६:१२ बजे

काठमाडौँ- नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । एपीएफले लगातार तीन खेल जित्दै एक खेल अगावै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

तेस्रो खेल जित्ने क्रममा एपीएफले कोशी प्रदेशलाई ७ विकेटले पराजित गर्‍यो । एपीएफले यसअघि मधेश प्रदेशलाई १० विकेट तथा सुदूरपश्चिम प्रदेशलाज्ञ १५ रनले पराजित गरेको थियो । कोशीको भने दुई खेलमा यो पहिलो हार हो । कोशीले पहिलो खेलमा ललितपुर मेयर्स-११ लाई ७ विकेटले पराजित गरेको थियो ।


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा एपीएफले ८८ रनको लक्ष्य १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । एपीएफका लागि कप्तान सिता राना मगरले १९ रन तथा ज्योती पाण्डेले ११ रन बनाए । इन्दु बर्माले १८ रन जोडिन् । ममता चौधरीले २१ रनको योगदान गरिन् ।

कोशीका लागि निशा शाह, रुविना क्षेत्री र अलिशा खडियाले १-१ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ८७ रन जोड्यो । कोशीका लागि काजल श्रेष्ठले २९, कप्तान रुविना क्षेत्रीले २४ तथा अप्सरी बेगमले २२ रनको योगदान गरे ।

एपीएफकी सीता राना मगरले सर्वाधिक ३ तथा इन्दु बर्माले एक विकेट लिए ।


Author

थप समाचार
x