क्रिकेट

ब्ल्यूबर्ड कलेजले जित्यो प्याट्रियोट्स कप क्रिकेटको उपाधि

इकागज |
चैत ११, २०७९ शनिबार १६:२१ बजे

काठमाडौँ- ब्ल्यूबर्ड कलेजले दोस्रो प्याट्रियोट्स कप इन्टर-कलेज टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा काठमाडौँ युनिभर्सिटीलाई १ सय १४ रनले पराजित गर्दै ब्ल्यूबर्डले उपाधि जितेको हो ।

जितका लागि १ सय ६८ रनको लक्ष्य पछ्याएको काठमाडौँ युनिभर्सिटीले १५ ओभर १ बलमा सबै विकेट गुमाएर ५३ रन जोड्यो । साश्वत पौडेलले सर्वाधिक १६ रन जोडे । ब्ल्यूबर्डका लागि सुवास खत्री र तिलक भण्डारीले समान ३-३ विकेट हात पारे ।


यसअघि टस जितेर ब्याटिङ गरेको ब्ल्यूबर्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ६७ रन जोड्यो । उसका लागि दिपकप्रसाद डुम्रेले ६८ बलमा १ सय २ रनको योगदान गरे ।

उपाधिसँगै ब्ल्यूबर्डले १ लाख प्राप्त गर्‍यो ।


Author

थप समाचार
x