क्रिकेट

क्रिकेटर मौसम, कुशल र देव नगदसहित सम्मानित

इकागज |
चैत १२, २०७९ आइतवार १४:२९ बजे

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी मौसम ढकाल, कुशल भुर्तेल र देव खनाल सम्मानित भएका छन् । तिलोत्तमा नगरपालिकाले जनही ५० हजारसहित उनीहरुलाई सम्मान गरेको हो ।   

लिग-२ मा उत्कृष्ट प्रदर्शन गरेको भन्दै कुशल तथा राष्ट्रिय टिममा परेकोमा मौसम तथा नेपाललाई यू-१९ विश्वकपमा छनोट गराउन सफल भएकोमा कप्तान देवलाई नगरपालिकाले सम्मान गरेको हो ।


उनीहरुलाई तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वरदेवी चौधरीसहितले सम्मान गरे ।

लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि मौसमले युएई भ्रमण गरेपनि टिमका लागि डेब्यू भने गर्न पाएनन् । उनी घाइते भएको भन्दै सन्दीप लामिछानेलाई टिममा समावेश गरिएको थियो ।


Author

थप समाचार
x