क्रिकेट

एसीसी प्रिमियर कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

इकागज |
चैत १५, २०७९ बुधबार ९:१४ बजे

काठमाडौँ- नेपालमा हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ । क्यानले बुधबार २१ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।

अप्रिल १८ देखि मे १ तारिखसम्म आयोजना हुने प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ । समूह ‘ए’ मा रहेको नेपालले समूह चरणमा ओमान, कतार, मलेसिया र साउदी अरेबियाविरुद्ध खेल्ने तालिका रहेको छ ।


समूह ‘बी’ मा भने युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् ।

प्रतियोगिताको विजेताले पाकिस्तानमा आयोजना हुने एसीसी एसिया कप खेल्न पाउनेछ ।


Author

थप समाचार
x