क्रिकेट

आजबाट आईपीएल सुरु हुँदै, उद्घाटन खेलमा गुजरात र चेन्नई भिड्ने

इकागज |
चैत १७, २०७९ शुक्रबार ९:४१ बजे

काठमाडौँ- नयाँ सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) आजबाट सुरु हुँदैछ । यस सिजनको आईपीएलको पहिलो खेलमा साविक विजेता गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच खेल हुँदैछ ।

गुजरात र चेन्नईबीचको खेल अहमदाबादमा नेपाली समय अनुसार राति ७:४५ बजेबाट सुरु हुने तालिका रहेको छ ।


पहिलो सहभागितामै उपाधि जितेको गुजरातको सोही लय कायम गर्न कप्तान हार्दिक पाण्ड्यामाथि दबाब हुनेछ । अर्कोतर्फ सम्भवतः अन्तिम आईपीएल खेल्न लागेका चेन्नईका कप्तान धोनीमाथि उपाधि दिलाउने दबाब हुनेछ ।


Author

थप समाचार
x