क्रिकेट

अहिल्यै सन्यास नलिने धोनीको घोषणा

इकागज |
जेठ १६, २०८० मंगलबार १२:१४ बजे

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) को सर्वाधिक सफल टिम चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीले अहिले सन्यास नलिने घोषणा गरेका छन् ।

चेन्नईलाई कीर्तिमानी पाचौँ पटक आईपीएलको उपाधि दिलाएका भारतीय क्रिकेट टिमका पूर्व कप्तान धोनीले अहिले सन्यास नलिने बताएको बीबीसीले उल्लेख गरेको छ ।


चेन्नईलाई यस सिजनको आईपीएलको उपाधि दिलाएपछि ४१ वर्षीय धोनीले सन्यासको घोषणा गर्ने अपेक्षा गरिएको थियो । तर उनले समर्थकको मायाका कारण पुनः आईपीएल खेल्ने बताए । उनले समर्थककै लागि भएपनि आईपीएलको अर्को सिजन पनि खेल्ने बताए ।

सोमबार राति भएको फाइनलमा साविक विजेता गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले पाचौँ पटक उपाधि जितेको थियो ।

धोनीले सन्यास नलिने बताएसँगै उनका समर्थकहरु खुसी भएका छन् ।


Author

थप समाचार
x