क्रिकेट

दक्षिण अफ्रिका जान नपाउने भएपछि राष्ट्रिय टोलीलाई सन्दीपको शुभकामना

इकागज |
जेठ १६, २०८० मंगलबार १९:२८ बजे

काठमाडौँ- आईसीसी एकदिवसीय विश्वकप छनोटअघि दक्षिण अफ्रिकामा हुने अभ्यासका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीसँगै जान नपाएपछि लेग स्पिनर सन्दीप लामिछानेले टिमलाई सफलताको शुभकामना दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा विश्वकप छनोटका लागि नेपाली टिमलाई सफलताको शुभकामना व्यक्त गरेका गरेका हुन् ।

उनले टिमका सबै सदस्यको क्षमतामा आफूलाई विश्वास रहेको र नेपाली क्रिकेटलाई अहिले विश्व स्तरमा पुर्‍याउन गरेको क्षमता र प्रदर्शन फेरि पनि दोहोर्याउनेमा आफू विश्वस्त रहेको बताए ।


जिम्बाव्वेमा हुने एकदिवसीय विश्वकप छनोटका लागि अभ्यास गर्न नेपाली क्रिकेट टोली मंगलबार दक्षिण अफ्रिका जाँदै छ ।

नाबालिगलाई बलात्कारको आरोपमा मुद्दा खेपिरहेका सन्दीप अदालती प्रक्रियाका कारण दक्षिण अफ्रिका भ्रमणमा जान नपाउने भएका हुन् ।

 


Author

थप समाचार
x